बैंक/वित्त

एनएमबि बैंक र यो योजिपलाईन प्रा.लिबीच सम्झौता

By खबरहब

May 04, 2022

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले यो योजिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिपलाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफिशपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ । 

बैंकका ग्राहकले उक्त सेवाको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२% सम्म छुट प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो योकोतर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । 

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि‘ बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकोको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।