तस्वीर- फेसबुक/क्यान

क्रिकेट

जिम्बाब्वे ‘ए’ द्वारा नेपालसामु १३७ रनको लक्ष्य प्रस्तुत

By खबरहब

May 04, 2022

काठमाडौं– टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा जिम्बाब्वे ‘ए’ ले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा जिम्बाब्वे ए टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

जिम्बाब्वेलाई उच्च योगफल बनाउन रोक्न नेपालका लागि सन्दीप लामिछानेले २, सोमपाल कामीले र बसिर अहमदले १–१ विकेट लिए ।