एजेन्सी– ओटीटीमा ‘राधे श्याम’ साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिजमार्फत् चर्चामा आए ।
दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठूला स्टार मध्ये एक बने । उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो ।
प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शन भएको पछिल्लो फिल्म हो । बाहुबली सिरिजमा देखिएको कमाल यस फिल्ममा देखिएन । उनको पछिल्लो फिल्म ‘साहो’ झैँ हिन्दीमा समेत निर्माण गरिएको फिल्ममा प्रभासले डायलग पनि राम्रै बोल्न सकेका छैनन् । कोरोना महामारीका कारण दुई पटक डेट सरेको फिल्मले थियटर रिलिजमा राम्रो कलेक्सन गर्न नसकेपछि ओटीटीमा रिलिज भएको छ ।
अमेजन प्राइम भिडियोमा गत अप्रिल एकमै हिन्दी बाहेकको भाषामा फिल्मलाई दर्शकले हरेक छन् ।
फिल्मलाई तामिल, तेलुगु , मलयालम र कन्नड भाषामा पश्चात हिन्दीमा पनि रिलिज गरिएको छ । हिन्दी भाषालाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको छ । नेटफ्लिक्समा फिल्मले कस्तो कमाल देखाउने हो ? यो भने हेर्न बाँकी छ ।
हलमा भने फिल्म ‘फ्लप’ घोषित भइसकेको छ । प्रभास अभिनीत फिल्म ‘राधेश्याम’ मा उनको को–स्टार छिन् पूजा हेगड़े । भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिएको फिल्म प्रभास र पुजाकै आसपासमा घुमेको छ ।
फिल्ममा पुरानै कथालाई प्रस्तुत गरिएकै कारण दर्शकले राम्रो फिडब्याक दिएनन् । ४ सय करोडको हाराहारीमा निर्माण गरिएको फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् ।