क्रिकेट

जिम्बाब्वे ए टोलीसँगको सिरिजमा नेपालको पहिलो जित

By खबरहब

May 04, 2022

काठमाडौँ– जिम्बाब्वे ए टोलीसँगको बाईल्याटरल क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले जीम्बाब्वे ए टोलीलाई ८ विकेटले पराजित गरेको हो ।

१ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो ।

नेपालको जितमा आसिफ शेखले ८७ र कुशल भुर्तेलले ३४ रन जोडे । ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरी ८७ रनको योगदान गरे ।

कुशल भुर्तेलले भने २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दैँ ३४ रन जोड्न सफल भए । टस जितेर पहिले नेपालले फिल्डिङ रोजेसँगै जिम्बाब्वले ब्याटिङको निम्तो पायो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनायो । जिम्बाब्वेलाई उच्च योगफल बनाउनबाट रोक्न नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामीले र बसिर अहमदले १–१ विकेट लिए ।

यस्तै, दुई देशबीच हुने ३ खेलको एक दिवसीय सिरिजमध्ये पहिलो वैशाख २३ गते हुनेछ । दोस्रो एक दिवसीय खेल वैशाख २४ गते र तेस्रो वैशाख २६ गते हुनेछ । सिरिजअन्तर्गतको आइतबार पहिलो टी–ट्वान्टी खेलमा नेपाल जीम्बाब्वे ए टोलीसँग ६ विकेटले पराजित भएको थियो । सोमबार भएको खेल भने निरन्तर वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।