देश/प्रदेश

थप १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

By खबरहब

May 04, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर तथा १ हजार ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने कोरोना कारण थप १ जनाको मृत्यु भएको छ ।

हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।