तस्वीर- डब्लूएफएन

अन्तर्राष्ट्रिय

भारतीय संरक्षणविद् चारुदत्त मिश्रलाई ‘ह्वाइट्ली गोल्ड अवार्ड’

By खबरहब

May 04, 2022

काठमाडौं– हिउँ चितुवाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भारतीय संरक्षणविद् चारुदत्त मिश्रलाई प्रतिष्ठित ‘ह्वाइट्ली गोल्ड अवार्ड’ प्रदान गरिएको छ ।

बेलायती वन्यजन्तु संरक्षण कोष ह्वाइट्ली फण्ड फर नेचर डब्लूएफएनले मिश्रलाई पुरस्कार प्रदान गरेको हो ।

बेलायतको राजधानी लण्डनमा रहेको रोयल जियोग्राफिक सोसाइटीमा राजकुमारी एनले उनलाई पुरस्कार प्रदान गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघि सन् २००५ मा पनि मिश्रले यो पुरस्कार जितेका थिए ।

अफगानिस्तान, चीन, रुसजस्ता हिउँ चितुवा पाइने १२ वटा मुलुकमा वन्यजन्तु संरक्षणको क्षेत्रमा उनले काम गरेको डब्लूएफएनले जनाएको छ ।