मनोरञ्जन

‘नाई नभन्नु ल ६’ मा आशीर्वाद 

By खबरहब

May 04, 2022

काठमाडौँ– निर्देशक विकासराज आचार्य आफ्नो हिट फिल्म  ‘नाई नभन्नु ल’ को छैटौँ सिरिज बनाउँदै छन् । यो फिल्मको छायांकन भाद्रमा सुरु गर्ने उनको तयारी छ । 

नायिका आँचल शर्मालाई मुख्य भूमिकामा राखेर फिल्म बनाउने तयारीमा छन् । यो फिल्ममा विकास र सामिप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद रहनेछ । फिल्ममा आँचलको अपोजिटमा आदर्शवाद क्षेत्रीलाई कास्ट गर्दै निर्देशक आचार्यले नेपाली फिल्ममा भित्र्याउँदै छन् ।

नयाँ अनुहारको खोजीमा रहेका निर्देशक आचार्यले केही समय अगाडि मात्र आदर्शवादलाई सेलेक्ट गरेका हुन् । आदर्शवाद यो फिल्मका लागि केही समयदेखि तयारी समेत गरिरहेका छन् ।  उनले नृत्यसँगै अभिनयको प्रशिक्षण समेत लिइरहेका छन् । सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरबाट पनि उनले शरीर बनाउन कति मिहिनेत गरिरहेका छन् भन्ने थाहा हुन्छ ।

यस्तै, उनले मार्सल आर्ट पनि सिकिरहेका छन् । नयाँ नयाँ अनुहारलाई नेपाली फिल्ममा भित्र्याएका निर्देशक आचार्यले भित्र्याएको अभिषेक नेपाल बाहेक अन्य भने सफल छन् ।