राजनीति

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं-१ बाट पुकार बमले उम्मेदवारी दिने

By खबरहब

June 04, 2022

काठमाडौं– विवेकशील नेपाली आन्दोलनका सहसंस्थापक पुकार बमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उमेदवारी घोषणा गर्दै अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेको बताउँदै अब संसद्मा पुगेर नागरिकका आवाज बोल्न उम्मेदवारी दिएको बताएका छन् ।

‘स्थानीय निर्वाचनमा देशका केही मुख्य सहरहरूमा पालिककाको नेतृत्वमा सक्षम र युवा उमेदवारलाई स्थापित गरेजस्तै संघीय संसद्मा समेत सक्षम युवाहरूलाई पुर्‍याउनुपर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

साथै उनले सबै निर्वाचन क्षेत्रहरूमा आ–आफ्नो ठाउँबाट ‘लुटतन्त्र’को प्रतिरोध गर्न युवाहरूलाई उमेदवारी दिन र नयाँ राजनीतिक जग बसाल्न नेतृत्व लिन समेत आग्रह गरेका छन् ।