पछिल्ला चार वर्ष एसियाली महादेशमा भएको कार्बन उत्सर्जन अत्यन्त धेरै चर्चाको विषय बनेको थियो। वातावरण सम्बन्धी सभा, सेमिनार लयागत अनेकन बैठकमासमेत एसियाको वातावरण र यसले जलवायुमा पारेको नकारात्मक असरबारे चर्चा भएको थियो। कोप–२६ जलवायु सम्मेलनमासमेत घना बस्ती भएको एसियाली महादेशका तीन देश चीन, भारत र जापानको कार्बन उत्सर्जनमा चासो नदिइएकोमा आलोचना गरिएको थियो।
पछिल्लो ६ महिनामा यो घटना अर्कै मोडमा आइपुगेको छ। अहिले पेट्रोलियम पदार्थ, ग्यास र कोइलाबाट नै धेरै अर्थोपार्जनको माध्यम बनाएको एसियाले थप विकल्प पनि पाएको छ।
रुसले युक्रेनमा आक्रमण गरे यता फेब्रुअरीदेखि पेट्रोलियम पदार्थको मूल्यमा एकाएक वृद्धि भएको छ। यसले संसारकै अर्थतन्त्रमा असर गरेको छ। विगतदेखि नै रुसको ग्यासमा निर्भर रहेका युरोपेली देश विकल्पको खोजीमा लागेका छन्। जर्मनी भने हाइड्रोजनबाट समस्याको समाधान खोजी रहेको छ।
अहिले धेरै जना हाइड्रोजनमार्फत शक्ति राष्ट्र जीवाश्म इन्धनबाट पुर्न नवीकरणीय ऊर्जाको बाटोमा जान सक्ने सम्भावना औँल्याउँछन्। यस बीचमा दक्षिण कोरियाको यो कदम सार्थक र उपलब्धि मूलक हुने अनुमान गरिएको छ।
जापान र दक्षिण कोरियाले पनि युक्रेन युद्ध भन्दा अगाडि नै हाइड्रोजन प्रविधिमा प्रशस्त लगानी गरेका थिए। अहिलेको यो घटना क्रमले ‘हरियो इन्धन ’तर्फ आफूलाई आकर्षित गर्ने थप अवसर समेत यी दुई देशले पाएका छन्। जापानले यस अगाडि वर्षौँसम्म आणविक शक्तिमा ध्यान दिएको थियो। सन् २०११ मा फोकुसीमाको आणविक भट्टीमा दुर्घटना भएपछि जापान एकाएक जीवाश्म इन्धनतर्फ मोडिएको हो।
अहिले धेरै जना हाइड्रोजनमार्फत शक्ति राष्ट्र जीवाश्म इन्धनबाट पुर्न नवीकरणीय ऊर्जाको बाटोमा जान सक्ने सम्भावना औँल्याउँछन्। यस बीचमा दक्षिण कोरियाको यो कदम सार्थक र उपलब्धि मूलक हुने अनुमान गरिएको छ। दक्षिण कोरियाले मात्र होइन पछिल्लो समय सम्भावना देखेर नै एसियाका धेरै देश हाइड्रोजन प्रविधिमा लगानी गर्न तम्सिएका छन्।
सियोलको लगानी यत्तिमा नै सीमित भएको भने छैन। इन्धन सेल पावर प्रविधि र हाइड्रोजन ऊर्जाबाट चल्ने कारमा दक्षिण कोरियाले लगानी गरेको छ। ठोस, ग्यास र तरलको रूपमा भण्डार गर्न सकिने हाइड्रोजन जीवाश्म इन्धनको सबै भन्दा भरपर्दो विकल्प रहेको ऊर्जा विशेषज्ञले जानकारी दिएका छन्। यसको मतलब सौर्य ऊर्जा र हावाको तुलनामा यो भण्डार गर्न तथा एक स्थानबाट अर्को स्थानमा लैजान सजिलो छ।
‘हाइड्रोजन इनर्जी क्यारियर जस्तै हो,’सियोलस्थित एसएन्डपी ग्लोबल इन्साइटका प्रमुख कार्यकारी भिन्से हेयोले भनेका छन्। मुख्य कुरा के हो भने हाइड्रोजनका पनि धेरै प्रकार छन्। दक्षिण कोरियाले अहिले लगानी गरी रहेको उत्सर्जन मुक्त भने होइन।
यी सबैको लक्ष्य भने ‘ग्रिन हाइड्रोजन’ तर्फ उन्मुख हुनु हो। यसलाई ‘क्लीन हाइड्रोजन’ पनि भनिन्छ। यसको उत्पादन नै सौर्य र हावा लगायत पुन नवीकरणीय ऊर्जाको माध्यमबाट गरिन्छ। यो हाइड्रोजनको उत्पादन विधि त्यत्तिकै महँगो पनि छ। यस कारण नै जीवाश्म इन्धनकै प्रयोगबाट भए पनि हाइड्रोजनको उत्पादनलाई ‘ ग्रिन हाइड्रोजन ’ तर्फको यात्राको पहिलो खुड्किलो मान्न सकिन्छ।
परिवर्तनको अर्को स्वरूप ‘ब्लु हाइड्रोजन’ हो। यसमा जीवाश्म इन्धनकै प्रयोग हुन्छ। यसबाट निस्कने ६० देखि ९० प्रतिशत कार्बनडाई अक्साइड सञ्चित गर्ने या बन्द गरेर राखिन्छ।
‘अहिले दक्षिण कोरियामा प्राकृतिक ग्यासबाट हाइड्रोजन उत्पादन हुन्छ, ’ब्लुमवर्गका हाइड्रोजन विशेषज्ञ मार्टिन टेन्गलरले भनेका छन्। यस कारण उनी यसलाई ‘ग्रे हाइड्रोजन’ भन्न चाहन्छन्। परिवर्तनको अर्को स्वरूप ‘ब्लु हाइड्रोजन’ हो। यसमा जीवाश्म इन्धनकै प्रयोग हुन्छ। यसबाट निस्कने ६० देखि ९० प्रतिशत कार्बनडाई अक्साइड सञ्चित गर्ने या बन्द गरेर राखिन्छ। मतलब यसबाट वातावरणमा हुने प्रतिकुल असरलाई न्यूनीकरण गरिन्छ।
दक्षिण कोरियाको सबैभन्दा ठूलो ग्यास उत्पादक कम्पनी एसकेले १५ अर्ब डलर ग्रे तथा ब्लु हाइड्रोजनका लागि लगानी गरेको छ। कम्पनीका हाइड्रोजन बीजनेस युनिटका प्रमुख ह्योंग उक चो ‘ग्रिन हाइड्रोजनका लागि धेरै प्रविधि र लगानी आवश्यक भएका कारण अहिले नै त्यस बाटोमा नगएको बताउँछन्।
यसलाई लिन र वितरण गर्नका लागि एसियाका पर्याप्त मात्रामा नवीकरण ऊर्जाको श्रोत पनि छैन। धेरै हाइड्रोजन उत्पादनका लागि अन्य धेरै ऊर्जाको खपत नहुने प्रविधि निर्माण नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो। ‘हामी यसलाई बजार व्यवस्था गरेसँगै धेरै निर्माण, वितरण र उपभोग गर्न सक्छौं। यसले हाइड्रोजन सहज उपलब्ध हुन सक्छ। यसपछि नै हाइड्रोजन व्यवसायको थप विस्तारको अर्थ पनि रहन्छ,’ चोले थप बताएका छन्।
अहिले ऊर्जाको मूल्यमा आएको वृद्धिसँगै हाइड्रोजन ऊर्जा र अन्य हरित ऊर्जाका लागि बाटो खुला भएको छ। हाइड्रोजन उत्पादनका लागि पनि जीवाश्म इन्धन भन्दा नवीकरणीय ऊर्जाको प्रयोग उपयुक्त मान्न सकिन्छ।
अहिलेकै महत्त्वपूर्ण विषय भनेको यो भिन्न भिन्नै खालका हाइड्रोजन उत्पादनका लागि खर्चलाई भिन्न रूपमा निकाल्ने हो। यसैको आधारमा थप नीति बनाउन पनि सहज हुनेछ। अहिले ऊर्जाको मूल्यमा आएको वृद्धिसँगै हाइड्रोजन ऊर्जा र अन्य हरित ऊर्जाका लागि बाटो खुला भएको छ। हाइड्रोजन उत्पादनका लागि पनि जीवाश्म इन्धन भन्दा नवीकरणीय ऊर्जाको प्रयोग उपयुक्त मान्न सकिन्छ। कारण प्रस्ट छकी अहिले जीवाश्म इन्धनकै मूल्य बढी रहेको छ।
कल्सल्ट्यान्ट संस्था रेस्टन्ड इनर्जीले दिएको जानकारी अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछि ‘ग्रे हाइड्रोजन’ र ‘ब्लु हाइड्रोजन’ को उत्पादन मूल्यमा ७० प्रतिशतले वृद्धि भएको छ। यस कारण ‘ग्रिन हाइड्रोजन’ तर्फ धेरैको आकर्षण बढेको छ।
‘हामी उद्योगमा ग्रे हाइड्रोजनलाई विस्थापित गर्न सक्छौ। पेट्रोलियम पदार्थलाई रिफाइन गरेर, मल उत्पादन गरेर र बढी तापक्रम लिने स्टिल कम्पनीलाई प्राथमिकता दिएर यो गर्न सकिन्छ,’ टेगलरले भने।
विश्वव्यापी प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न दक्षिण कोरियाले हाइड्रोजन एलाइन्सको स्थापना गरेको छ। सो एलाइन्समा दर्जन बढी कम्पनी सरिक छन्। ‘अहिले हाइड्रोजन उत्पादन भनेको २० वर्ष अगाडिको सौर्य उत्पादन भने जस्तै हो। उत्पादन धेरै भएको छैन। तर, बजारको अत्यधिक चासो यसैमा छ,’ हेयोले भने।
‘हामीले एउटा नयाँ परिकल्पना गरेका छौं। समुद्रबाट बाहिर हावा र सौर्य ऊर्जाको प्रयोग गर्दै समुद्री पानीलाई इलेक्ट्रोलाइज गरेर ग्रिन हाइड्रोजन निकाल्न सकिन्छ ।’
पछिल्लो समय हावा ऊर्जा पनि दक्षिण कोरियाका लागि महत्त्वपूर्ण साबित हुन सक्ने सम्भावना देखिएको छ। बुसान सहरमा ग्रिन हाइड्रोजन उत्पादन गर्नका लागि अहिले एउटा कमिटी पनि गठन गरिएको छ। ‘हामीले एउटा नयाँ परिकल्पना गरेका छौं। समुद्रबाट बाहिर हावा र सौर्य ऊर्जाको प्रयोग गर्दै समुद्री पानीलाई इलेक्ट्रोलाइज गरेर ग्रिन हाइड्रोजन निकाल्न सकिन्छ,’ मोरियम मेरिटाइम एन्ड ओसीयन युनिभर्सिटीका प्रमुख डो डेङ हीले भनेका छन्।
यसले उपभोक्तालाई फाइदा पुग्ने हेयो बताउँछन्। उनी भन्छन्, ‘यी प्रविधिबाट हाइड्रोजन ओसार पसारको खर्चमा कमी आउँछ। उत्पादनदेखि वितरणसम्मको चेनमा यसको धेरै प्रभाव रहने गर्छ।’
हावाको ऊर्जाकै तुलना गर्ने हो भने यो सौर्य ऊर्जा भन्दा महँगो छ। संसारका नेताहरू नोभेम्बर महिनामा कोप-२६ को रूपमा ग्लास्गोमा भेला हुँदै संसार कोरोना महामारीबाट भर्खर बाहिर आउँदै थियो। लकडाउन खुलेर बाहिर आएको समयमा पेट्रोलियम पदार्थको माग पनि बढेको थियो। समय फेरिएको छ। फेब्रुअरी यताको घटनाले संसारलाई अर्कै मोडमा लगेको छ।
कडाउन खुलेर बाहिर आएको समयमा पेट्रोलियम पदार्थको माग पनि बढेको थियो। समय फेरिएको छ। फेब्रुअरी यताको घटनाले संसारलाई अर्कै मोडमा लगेको छ।
त्यसो त धेरै देश जीवाश्म ऊर्जालाई छाडेर हरित ऊर्जामा आकर्षित हुन जरुरी थियो। यसमाथि पनि अहिलेको मूल्य वृद्धिले एउटा नयाँ बाटो खुलेको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणसँगै पश्चिमा देशले पनि रुसलाई आर्थिक प्रतिबन्ध लगाएका छन्। यसको सिधा असर व्यापारिक क्षेत्रमा परेको छ।
युद्धका धेरै नकारात्मक पाटा छन्। यसै युद्धका कारण हजारौँ जनाको ज्यान गएको छ। यसका बाबजुद हरित ऊर्जाको बाटो खुल्नुलाई सकारात्मक रूपमा लिन सकिन्छ। नेपाल जस्ता पानीको श्रोत भएका देशमा त यसको सम्भावना अझ हुनसक्छ। स्रोतः बीबीसी, वि फोरम