फाइल फोटो

धर्म / संस्कृति

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने

By खबरहब

June 04, 2022

काठमाडौँ – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

जाउलाखेलमा आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहदै आएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेको भन्दै पर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गरेका छन् ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने गरेको छ । यसपटक भने शनिबार परेको छ।