काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो । पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्ने भएको जानकारी दिए । उनका अनुसार केही नेता बैठकमा सहभागी हुन आइनपुग्ने स्थिति पनि बैठक सार्नुको अर्को कारण हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताए ।