अन्तर्राष्ट्रिय

युक्रेनमा द्वन्द्वपछिको पुनःनिर्माणको पहिलो चरण सुरु

By खबरहब

June 04, 2022

काठमाडौँ- युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले देशले द्वन्द्वपछिको पुनःनिर्माणको पहिलो चरण सुरु गरेको बताएका छन् ।

पुनः निर्माणको पहिलो चरणमा युक्रेनी अधिकारीहरूले रुस-युक्रेन द्वन्द्वबाट भएको क्षतिको मूल्याङ्कन गर्ने, पुनर्निर्माण परियोजनाहरूको लागि प्राविधिक कागजातहरू तयार गर्ने र महत्त्वपूर्ण सुविधाहरूको मर्मत सम्भार गर्ने बताइएको छ ।

“सरकारको काम शरद ऋतुमा अधिकांश क्षतिग्रस्त महत्त्वपूर्ण सुविधाहरू पुनर्स्थापित गर्ने हो,” उनले भने ।

युक्रेनको राज्य सडक एजेन्सी युक्राभतोडोरले युक्रेनमा द्वन्द्वका कारण करिब ३ सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको बताएको छ ।