आर्थिक

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

July 04, 2022

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर सोमबार एकको करिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ५९ पैसा र बिक्री दर १३२ रुपैयाँ २२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ६३ पैसा र बिक्री दर १५३ रुपैयाँ ३५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४५ पैसा र बिक्री दर ३४ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?