फाइल फोटो

अन्तर्राष्ट्रिय

श्रीलंका संकट : एक दिनलाई पुग्ने इन्धन छैन

By खबरहब

July 04, 2022

कोलम्बो – श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ ।

राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए।

अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।