समाचार

प्रधानसेनापति शर्मा स्वदेश फर्किए

By खबरहब

July 04, 2022

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्।

प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्।

प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए।

प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गरेका थिए। त्यसपछि असार १३ मा उनी अमेरिका गएका थिए। त्यस क्रममा उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका थिए।