खेलकुद

एक वर्षपछि धकेलियो अफ्रिका कप अफ नेसन्स

By खबरहब

July 04, 2022

काठमाडौं । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ ।

अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ ।

प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ ।

यसै वर्ष भएको अफ्रिका कपको उपाधी इजिप्टलाई हराउदै सेनेगलले जितेको थियो ।