फाइल तस्वीर ।

राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

By खबरहब

July 04, 2022

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

कान्तिपथस्थित यल्लो प्यागोडा होटेलमा जारी बैठकको मुख्य एजेन्डा बागमती प्रदेश सरकारको नेतृत्व छोड्ने कि नछोड्ने भन्नेमा केन्द्रीत छ।

नेपाली कांग्रेस बागमती प्रदेशले सहमति अनुसार मुख्यमन्त्री छोड्न नेकपा एसलाई दबाब बढाएपछि नेकपा एस छलफलमा जुटेको हो।

मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरिसकेका छन् । तर एसले बागमतीको मुख्यमन्त्री छोड्नुपरे सुदूरपश्चिमको मुख्यमन्त्री चाहिने अडान लिएको छ।

बैठकमा वागमती छाड्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको सो पार्टीको दाबी छ ।

बागमतीको मुख्यमन्त्री सजिलै त्याग्ने पक्षमा समाजवादी छैन। मुख्यमन्त्री पाण्डेले पद जोगाउन एमालेसँग पनि संवाद अगाडि बढाएका छन् ।