ब्रेकिङ स्टोरी

भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

By खबरहब

July 04, 2022

काठमाडौँ- काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

दूतावास स्रोतका अनुसार ३२ वर्षीय दीपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र आत्महत्या गरेका हुन् ।

उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।