तस्वीर- अर्जुन गुरागाईं

मनोरञ्जन

बेलायत उडे ‘लण्डन टु पेरिस’ टोली 

By खबरहब

July 04, 2022

काठमाडौँ– फिल्म छायांकनको लागि साम्राज्ञी आरएल शाह , कबीर खड्का, गरिमा शर्मा र निश्चल खड्का बेलायत उडेका छन् । निर्देशक र निर्माताको टिम गत सातानै लन्डन पुगेर छायांकनको तयारीमा छन् । निर्देशक घनश्याम लामिछाने, मुख्य सहायक निर्देशक फिरोज खड्का सहितको टिमले छायांकन गर्ने भनिएको लोकेसन तय गरेपछि कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको हो । 

फिल्म ‘लण्डन टु पेरिस’ को छायांकन आउँदो सातादेखि बेलायतका तीन सहरमा लण्डन, म्यानचेस्टर र वेल्समा हुनेछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  मिडियासँग कुरा गर्दै साम्राज्ञी, गरिमा र दुई नायकले सुटिङलाई लिएर आफूहरू उत्साहित भएको सुनाए । 

यही फिल्मबाट अभिनयमा गरिमा र निश्चलले डेब्यु गर्दैछन् । भ्रमण प्रेमकथामा आधारित यो फिल्म बेलायतदेखि फ्रान्ससम्म नै छायांकन गर्ने तयारी छ । प्रदीप भारद्वाज लिखित यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।