आर्थिक

लाजिम्पाटमा मेगा बैङ्कको नयाँ शाखा

By खबरहब

July 04, 2022

काठमाडौँ– मेगा बैङ्क नेपाल लिमिटेडले काठमाडौँको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैङ्कले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैङ्कको २ सय ८ औँ शाखा हो । यो सँगै मेगा बैङ्कको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।