बलिउड/हलिउड

यस कारण बलिउडमा डेब्यु गर्दै छिन् शहनाज 

By खबरहब

July 04, 2022

काठमाडौँ- शहनाज गिल छिटै बलिउडमा पाइला टेक्दै छिन् । रियालिटी शो ‘बिग बोस १३’ बाट चर्चामा आएकी मोडल शहनाज आफ्नो छुट्टै शैलीका कारण चर्चामा छिन् । उनी विशेषतः प्रेमी सिद्धार्थ शुक्लाको निधन पश्चात् चर्चामा आइन्  ।

उनको प्रेम र समर्पणको मिडियामा राम्रै चर्चा भयो । नेचुरल व्यवहारका कारण भिडियोमा स्पेस पाउने शहनाजलाई सलमान खानले डेब्यु गराउँदै छन् । सलमानले कुनै शोमा शहनाजलाई बलिउडमा ल्याउने भनेका थिए । सिद्धार्थको निधन भएपछि उनले त्यो वाचा पुरा गरेका छन् ।

त्यसो त रियालिटी शोमा शहनाजलाई पञ्जाबको कट्रिना कैफ पनि भन्ने गरिन्छ । उनले सलमान खानको अभिनय रहने फिल्म ‘कभी इद कभी दिवाली’ फिल्म मार्फत अभिनयमा पाइला टेक्न लागेकी हुन् । केही समय अगाडी गायनमा समेत उदाएकी शहनाजले फिल्मको छायांकन गरिरहेकी छिन् ।

बलिउडमा आफ्नो डेब्युले ठूलो सपना पूरा भएको प्रतिक्रिया दिएकी छिन् । फरहाद सामजीले निर्देशन गरिरहेको फिल्ममा सलमानसँगै दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे, राघव जुयालको पनि मुख्य भूमिका छ।