मनोरञ्जन

त्रिकोणात्मक प्रेम कथामा ‘मिलन’

By खबरहब

July 04, 2022

काठमाडौँ- नेपाली फिल्म ‘मिलन’ को स्वरांकन सकिएको छ । महिना अघि छायांकन सकिएको फिल्म यतिबेला पोष्ट प्रोडक्सनमा छ । कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’  प्रेम कथामा आधारित छ । यसमा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम देखाइने छ ।

फिल्ममा युवापुस्ताको प्रेमलाई समेटिएको निर्देशक टेक पौरखी राईले जानकारी दिए । यसअघि  निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । यसमा लेखन पनि निर्देशक राईकै रहेको छ ।

 फिल्ममा कविराज गहतराजको कोरियोग्राफी , प्रविन थापाको निर्माण , तारा थापा किम्भेको सम्पादन, राहुल राईको छायांकन रहेको छ भने यसको गीतहरूमा प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको सुनिने छ  । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्म तिहार छेउछाउमा रिलिज गर्ने तयारी निर्माण पक्षको रहेको छ ।