क्रिकेट

श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित 

By खबरहब

July 04, 2022

काठमाडौँ– श्रीलंका क्रिकेट भ्रमणमा रहेको महिला भारतीय टोलीले लगातार दोस्रो जित निकालेको छ । श्रीलंकाको पल्लेकेलेमा आज भएको दोस्रो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो ।

१ सय ७४ रनको लक्ष्य भारतले २५ ओभर ४ बलमा कुनै पनि विकेटको क्षतिबिना नै भेटायो । भारतका लागि स्मृति मंधनाले नटआउट ९४ रन र शफाली वर्माले नटआउट ७१ रन जोडिन् । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा १० विकेट गुमाएर १ सय ७३ रन बनायो । श्रीलंकाका लागि एमा कन्चनाले नटआउट ४७ रन र निलाक्षी डी सिल्भाले ३२ रन जोडिन् । घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका रेनुका सिंहले ४ र मेघना सिंहले २ विकेट लिइन् । 

यस अघि भएको पहिलो एकदिवसीय सिरिजमा भारतले श्रीलंकालाई ४ विकेटले पराजित गरेको थियो । सिरिजअन्तर्गतको अन्तिम एक दिवसीय सिरिजमा भने भारत र श्रीलंका जुलाई ७ मा आमने सामने हुनेछन् ।