समाचार

चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन

By खबरहब

July 04, 2022

काठमाडौँ–  नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गरेका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राइले इम्बोस्ड नम्बर प्लेटमा अन्यौलता देखिएको र डिजिटल सवारी चालक अनुमति पत्र समयमा नै प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका हुन् ।

दुई वटै कार्यदललाई प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिएको र समितिको प्रतिवेदनका आधारमा समस्या समाधानको बाटोमा अघि बढिने उनले बताए । मेकानिजम तयार नपारी इम्बोस्ड नम्बर प्लेट जबर्जस्ती लागू गर्न खोजिएकाले विवाद भएको उनको भनाई छ । उनले समयमा नै आयोजना पुरा नहुने प्रवृत्तिलाई अन्त्य गर्ने दाबी गरे । 

उनले पूर्वाधार निर्माण आयोजनाको अवस्थाका बारेमा पनि अध्ययन गर्न समिति बनाइएको जानकारी दिए ।