फाइल तस्वीर

अन्तर्राष्ट्रिय

हिमाञ्चल प्रदेशमा बस दुर्घटनामा परी १२ जनाको मृत्यु

By खबरहब

July 04, 2022

काठमाडौँ- भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा अरु केही घाइते भएको अधिकारीले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ ।

केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले बताएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै दुर्घटना हृदयविदारक’ भएको ट्वीट गर्नु भएको छ ।