फाइल फोटो

आर्थिक

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

By खबरहब

July 04, 2022

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेपछि आफूहरुले पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९–९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल र मट्टितेल समान १ सय ७२ रुपैयाँ र आन्तिरिकतर्फ हवाई इन्धन १ सय ९० रुपैयाँ पुगेको छ ।