फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा बुधबार २ हजार ७४८ जना सवारी चालक कारबाहीमा  

By खबरहब

August 04, 2022

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ७४८ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन (मापसे) गर्ने १४७ जना, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन् ।

२ हजार ३७३ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।