देश/प्रदेश

दाङमा ट्र्याकटरबाट खसेर एक जना किशोरको मृत्यु 

By खबरहब

August 04, 2022

दाङ – दाङको लमही नगरपालिका–६ देउपुरमा ट्र्याकटरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् । लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान ६ बजे ट्र्याकटरबाट खसेका थिए।

ट्र्याकटरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याकटरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।