मनोरञ्जन

तेस्रो पटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’ ?

By खबरहब

August 04, 2022

काठमाडौँ- चलचित्र ‘चपली हाइट ३’ तेस्रो पटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।

पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रो पटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुई पटक नै रिलिज हुँदा कोभिडको मारमा पर्‍यो । कोभिड कम भए लगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यस पटक रिलिज गरेका हौँ,’ निर्माता अर्जुन कुमारले भने ।

उनले दर्शककै मागका कारण रिलिज हुन् लागेकोसमेत बताए । निर्देशक निकेश खड्काले अब फिल्म रिलिज नहुने बताए । ‘तेस्रो पटक रिलिज भयो, अब हुँदैन । अघिल्लो दुई रिलिजमा दर्शकले फिल्म हेर्ने वातावरण थिएन । राम्रो प्रतिक्रिया बटुले पनि कोभिडका कारण दर्शक हलसम्म आएनन्,’ उनले भने ।

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका कलाकारको अभिनय छ ।