देश/प्रदेश

पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध

By खबरहब

August 04, 2022

लमजुङ- पहिरोले बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध भएको छ ।

मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे  सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले  बताए।

सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो  ।

सडक अवरुद्ध हुँदा बेँसीशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी  बेँसीशहरतर्फ र मनाङबाट बेँसीशहर आउँदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छन् ।