राजनीति

‘बाढी पीडितका लागि केन्द्रीय सरकारले उचित व्यवस्थापन गर्छ’

By खबरहब

August 04, 2022

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन् ।

बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोसी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हुन् । उनले बाढीका कारण हजारौं बिस्थापित हुनुपरेको र अव नदिको बहाव कम भएपछि बाँध बाँध्ने काम सुरु हुने जानकारी दिए । 

कोसीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढि सर्वसाधारण विस्थापित भएका छन् ।