फाइल फोटो

राजनीति

एमालेसँग कुनै हालतमा सहकार्य हुँदैन : अध्यक्ष नेपाल

By खबरहब

August 04, 2022

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावमा उठेर विजयको दङ्गा बजाउने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यसको सामना गरेर, चुनावमा उठेर विजयको दङ्गा बजाएर आउने बताएका हुन् । उनले राजनीति छाड्न खोजे पनि परिस्थितिले छाड्न नदिएको र केही वर्ष सक्रिय हुने जिकिर गरे ।

अध्यक्ष नेपालले आगामी चुनावको मिति घोषणा भइसकेको अवस्थामा गठबन्धन कायम रहँदैन की भन्ने आशंका नगर्न आग्रह गरे। गठबन्धन दलहरू मिलेर नै चुनावमा जाने घोषणा शुक्रबार गरिने उनले जानकारी दिए। उनले समाजवादीले गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बनाउने जिकिर गरे। कांग्रेसलाई आफू ठूलो दल भएको दम्भ देखिएकाले तेस्रो मोर्चा आवश्यक रहेको उनले बताए । उनले अर्काको अस्तित्व नै स्वीकार नगर्ने एमालेसँग कुनै हालतमा सहकार्य नहुने पनि धारणा राखे।

कार्यक्रममा अध्यक्ष नेपालले डा. ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक नेकपा एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म विमोचन गरेका थिए।