सांकेतिक तस्बिर

अपराध

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

By खबरहब

August 04, 2022

काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-७ घर भइ हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्दै आएका ४६ वर्षीय दीपक चन्द्र आचार्य रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा १९ लाख ५० हजार बिगो माग गरिएकोमा उनी फरार रहेका थिए । उनलाई विशेष अनुसन्धान टोलीले बिहीबार काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी वृत गौशाला पठाइएको छ ।