फाइल फोटो

देश/प्रदेश

मंसिर ४ पछि ओलीको नेतृत्वमा सरकार बन्छ : एमाले नेता पौडल

By खबरहब

August 04, 2022

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन ।

बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरिय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभरी एमालेले चूनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन ।

एमाले सवैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सवै दल मिलेर गठबन्धन बनाएको उनको भनाई छ ।