फाइल तस्वीर

आर्थिक

राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक

By खबरहब

August 04, 2022

काठमाडौँ– राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुबै बैंकलाई कारबाहीस्वरुप जरिवाना गरेको हो ।