फाइल फोटो

राजनीति

उपेन्द्र यादव पर्सा क्षेत्र नं ४ बाट पनि सिफारिस

By खबरहब

September 04, 2022

वीरगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आसन्न सङ्घीय निर्वाचनका लागी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पार्टीले यादवको नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिएका छन् । उनको नाम सिरहा र बारामा दुई–दुईवटा क्षेत्रबाटै सिफारिस भएको छ।

यादव २०७४ को प्रतिनिधिसभाको चुनावमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले माओवादी केन्द्रका उमेशकुमार यादवलाई हराएका थिए ।

केही दिनअघि यादवले आगामी चुनाव कहाँबाट लड्ने निश्चित नभएको बताएका थिए । सप्तरीमा विगतको जस्तो चुनाव जित्ने सम्भावना नदेखेपछि यादवले ठाउँ फेर्नु परेको केही नेता बताउँछन् ।

संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादवले दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट विजयी भएका थिए।