फाइल फोटो

ब्रेकिङ स्टोरी

मेयर बालेनका सय दिन : ‘मन छोएका ६ सन्दर्भ’ सार्वजनिक

By खबरहब

September 04, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकालको सय दिनको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भ सार्वजनिक गरेका छन् ।

आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत विभिन्न ६ बुँदाहरु सार्वजनिक गरेका हुन् । उनले सय दिन कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन्। ‘आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौँ,’ उनले भनेका छन् ।

‘मानिसहरूमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुनेछ अन्यथा, हामीले यतिका कामहरु गर्‍यौँ भनेर सूची बनाउँदैमा सफल हुन सकिँदैन’ उनले लेखका छन् ।

हेर्नुहोस् उनको स्ट्याटस जस्ताको त्यस्तै