ब्रेकिङ स्टोरी

प्रचण्ड – देउवा भेटवार्ता, आजै सत्ता गठबन्धनको बैठक बस्ने

By खबरहब

September 04, 2022

काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रचण्ड देउवालाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । भेटमा आगामी निर्वाचनको सिट बाँडफाँटमा केन्द्रित कुरा भएको जनाइएको छ।

सत्ता गठबन्धनमा सबै दलले आ-आफ्नै दाबी नछोडेपछि कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन सकेको छैन। देउवा र प्रचण्डको निर्देशनपछि कार्यदलले सहमतिको खाका तयार गर्ने र आजै सत्ता गठबन्धनको बैठक बस्ने तयारी रहेको छ।

१६५ निर्वाचन क्षेत्र रहेकोमा पाँच दलले गरेको दाबीअनुसार २ सय ३१ क्षेत्र पुगेको छ। कांग्रेस १००, माओवादी ६०, एकीकृत समाजवादी ४०, जनता समाजवादी ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।