फाइल फोटो

मुख्य समाचार

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

By खबरहब

September 04, 2022

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए।

 राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।