फाइल फोटो

मुख्य समाचार

संसद्को कार्यकालसम्बन्धी ल्याइएको विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

By खबरहब

September 04, 2022

काठमाडौँ- प्रतिनिधिसभाको कार्यकाल सम्बन्धीसहित ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ ।

आइतबारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव (विधेयक) राखेपछि सामान्य छलफल सुरु भएको हो ।

आइतबारको पहिलो  बैठकमा मन्त्री शर्माले उक्त विधेयक पेस गरेका थिए । प्रतिनिधिसभाको कार्यकालबारे रहेको अन्योल चिर्नसहित उक्त विधेयक ल्याएको उनले दाबी गरेका थिए ।

अहिले जारी दोस्रो बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन् ।