खेलकुद

गोन्जालोले गरे फुटबल जीवनबाट सन्यास घोषणा

By खबरहब

October 04, 2022

काठमाडौं – अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले सन्यासको घोषणा गरेका छन्। उनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्।

उनले २०२२ सिजनको अन्त्यपछि फुटबल नखेल्ने घोषणा गरेका हुन्। अर्जेन्टिनाका उनी इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए। ३४ वर्षीय उनले चार सिजन युभेन्ट्समा बिताएपछि मियामीमा खेल्न थालेका हुन्। सन् २०१६ मा नापोलीबाट युभेन्ट्स पुगेका उनले १४९ खेलमा ६६ गोल गरेका थिए।

रियल मड्रिडका पूर्व खेलाडी उनले युभेन्ट्सबाट तीन सिजन सिरी ए र दुई पटक कोपा इटालिया जित्न सफल भए।