देश/प्रदेश

धेरै नदीमा बाढीको जोखिम : चार दिनसम्म सचेत रहन आग्रह

By खबरहब

October 04, 2022

काठमाडौं – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने भएकाले आसपासका बासिन्दालाई सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्।

दसैंको समयमा देशभर वर्षा हुने भन्दै मौसमविद्ले नदी किनारमा बासोबास गर्नेलाई सचेत रहन अनुरोध गरेका हुन्। विशेषगरी तिनाउ, बाणगङ्गा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ।

यी नदी आसपासका बासिन्दालाई सचेत भएर बस्न बाढी पूर्वानुमान महाशाखाको आग्रह गरेको छ। मंगलबारदेखि शनिबारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। नदी क्षेत्र र आसपास विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो।