खेलकुद

लेस्टरको शानदार पहिलो जित

By खबरहब

October 04, 2022

काठमाडौं – लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ।

सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४-० ले निराश पार्‍यो।

२५ औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो। त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो।

३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३-० मा पुर्‍याएका थिए। ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौंथो गोल गरेका थिए।

आठ खेलमा चार अंकसहित लेस्टर १९ औं स्थानमा उक्लिएको छ। समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २० औं स्थानमा छ।