देश/प्रदेश

सक्रिय कोरोना सङ्क्रमितको संख्या ७ सय ९८

By खबरहब

October 04, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा मुलुकभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १२७ जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

भने ६६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन ।