फाइल फोटो

राजनीति

मतपत्र छपाइ आज सकिने, ढुवानी धमाधम हुँदै

By खबरहब

November 04, 2022

काठमाडौँ – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ आज सकिने भएको छ।

प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगले हाल मतपत्र ढुवानीलाई तीव्रता दिएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ । कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पुगिसक्ने आयोगले बताएको छ ।

यसपटकको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्।