फाइल फोटो

राजनीति

मोरङ-६ मा पासवानले लिए उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन

By खबरहब

November 04, 2022

मोरङ- मोरङको क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पासवानले शुक्रवार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।

यससँगै उनले आफ्नो समर्थन नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई रहेको जनाएका छन्।

‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।’ विज्ञप्तिमा उल्लेख छ।