फोटो फिचर

चाबहिल क्षेत्रमा गगन थापाको घरदैलो (फोटो फिचर)

By खबरहब

November 04, 2022

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले शुक्रबार चाबहिल क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । एमालेका उम्मेदवार राजन भट्टराईसँग प्रतिस्पर्धामा रहेका थापाले घरदैलो कार्यक्रममा क्रममा जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

२०७० र २०७४ मा सोही क्षेत्रबाट निर्वाचित थापा यसपटक पनि चुनावी मैदानमा छन् ।