फाइल फोटो

पर्यटन

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

By खबरहब

November 04, 2022

काठमाडौं– कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् । 

नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । 

यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औसतमा ४७ हजार ३५३ जना पर्यटक आएका छन् ।