फाइल फोटो

राजनीति

विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक : सिके राउत

By खबरहब

November 04, 2022

मोरङ – जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

विराटनगर–६ स्थित रामपुरमा आज अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे ।

उनले सङ्घीयता स्वायत्ताका साथ लागू भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हकअधिकारका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई विजयी बनाई नीति निर्माण तह पु¥याउनुपर्नेमा जोड दिए ।