ब्रेकिङ स्टोरी

बाजुरामा कांग्रेसका पाण्डे तीन हजार बढी मतले अगाडि

By खबरहब

December 04, 2022

बाजुरा – बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका पाण्डेले २६ हजार ८ सय ७४ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत ल्याएका छन्।

कांग्रेसका पाण्डे र एमालेका थापाबीच तीन हजार दुई सय ९४ मतको अन्तर छ।